आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

‘केजीएफ २’ क्लाइमेक्समा २५ करोड खर्च, ओपनिङ बम्पर हुने अपेक्षा

मङ्गलबार, २२ चैत २०७८, २१ : २८
मङ्गलबार, २२ चैत २०७८

दक्षिण भारतिय (साउथ) को चर्चित फिल्म ‘केजीएफ च्याप्टर १’ को सफलतापछि दर्शक यस फिल्मको दोस्रो भाग ‘केजीएफ च्याप्टर २’ को पर्खाइमा छन् । निर्माण युनिटले भर्खर फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । जसले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

निर्माताले पहिलो भागको तुलनामा यो अझै सफल बनाउन धेरै लगानी गरेका छन् । १०० करोडमा निर्माण भएको फिल्ममा निर्माताले क्लाइमेक्स दृश्यका लागि मात्र २५ करोड खर्च गरेका छन् । फिल्मसँग नजिक ब्यक्ति भन्छन् ‘फिल्मको च्याप्टर १ को सफलतापछि जसरी दर्शकको जिज्ञासा बढेको छ । त्यो देखेर निर्देशक प्रशान्त नीलले च्याप्टर २ निर्माणमा कुनै कसुर बाँकी राखेका छैनन् ।’

फिल्ममा रकीको चरित्र छ । जुन च्याप्टर १ मा अभिनेता यश देखिएका थिए । यो पात्र निकै लोकप्रिय भएको थियो । च्याप्टर २ मा रकी र खलनायक अधेरा (संजय दत्त)को  पत्रलाई निकै सशक्त ढंगले निर्माण पक्षले प्रस्तुत गरेको बताइन्छ । फिल्मको अन्तिम २० मिनेट (क्लाइमेक्स) का लागि मात्र २५ करोड खर्च गरिएको छ । हैदरावादमा खिचिएको उक्त दृश्यका लागि ७ दिन लागेको थियो ।

जसमा ५०० जुनियर कलाकार समेत प्रयोग गरिएको थियो । फिल्ममा संजय र यशको अलवा रविना टण्डनको समेत मुख्य भुमिका रहेको फिल्मले ओपनिङ ब्यवसाय संसारभर राम्रो गर्ने अपेक्षा फिल्मकर्मीको छ । ‘केजीएफ च्याप्टर २’ हिन्दी, तेलूगू, तमिल र मलायालम भाषामा डब गरिएको छ । फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप