महिलाहरु नेतृत्वमा आए पारदर्शिता र सुशासन कायम हुन्छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको बताएका छन् । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताए ।
‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख कुरो हो । यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो’ उनले भने, ‘महिलाहरुलाई शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि ग¥यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हाँसिल हुने मेलै देखेको छु ।’ उनले सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा राखे । उनले महिला हिंसा अन्त्यका लागि आम महिलालाई जोडेर समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको बताए ।
त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन भएको गुनासो गरिन् । उनले प्रत्येक प्रदेशमा प्रसुती अस्पताल, कैलालीको महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने व्यवस्थाको अन्त्य, महिला उद्यमशिलताको विकास, ग्रामिण क्षेत्र र सहरी क्षेत्रका महिलालाई अलग अलग नीति हुनुपर्नेलगायतका सुझाव दिइन् । छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने २ दर्जन महिला नेतृ, अभियान्ता, संचारकर्मी, उद्यमीलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार