प्रधान सेनापति भन्छन्–‘पर्यावरण जोगाउन सेना ४० वर्षदेखि संलग्न’
चारवटा हिमाल सफाईमा खटिने सैनिक टोलीलाई प्रधान सेनापति प्रभुराम शर्माले ‘ब्यानर हस्तान्तरण’ गरेका छन् । हिमाल सफाई अभियान–२०२२ अन्तर्गत नेपाली सेनाको नेतृत्वमा चारवटा हिमालको फोहोर संकलन गरिँदै छ । यसवर्ष सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु हिमालबाट करिब ३५ टन फोहोर संकलन गरिने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज निर्देशनालयका निर्देशक सहायकरथी हिमांशु खड्काले जानकारी दिए ।
मंगलबार जंगी अड्डामा आयोजित हिमाल सफाईमा जाने टिम कमाण्डरहरुलाई ‘व्यानर हस्तान्तरण’ कार्यक्रममा बोल्दै प्रधान सेनापति प्रभुराम शर्माले ३५ टन फोहोर संकलन गर्नु आफैंमा महान कुरा भएका बताए । ‘नेपाली सेना ४० वर्षदेखि पर्यावरण जोगाउने कार्यक्रमा संलग्न छ’ प्रधान सेनापति शर्माले भने–‘९ हजार १ सय भन्दा बढी फौज वन्यजन्तुको रक्षामा खटिएका छन् ।’
प्रकृतिमाथि मानवको बढ्दो अतिक्रमणले मानव अस्तित्व संकटमा पर्नसक्ने उल्लेख गर्दै प्रधान सेनापतिले प्राकृतिक धरोहर सफा राख्नका लागी शिक्षा दिन आवश्यक रहेको बताए । उनले भने–‘हिमाल अवस्थित ईलाकामा सचेतना कार्यक्रम गर्ने हाम्रो योजना छ ।’
मंगलबारबाट शुरु भएको हिमाल सफाई अभियान जेठ २२ गतेसम्म चल्नेछ । करिब ५५ दिन चल्ने अभियानमा ५० जना सैनिक र ५७ जना सहयोगी सहभागी हुनेछन् । प्रधान सेनापति शर्माले अभियानमा खटिने सेनानीहरू किशोर अधिकारी, समिर बहादुर बस्नेत र आदित्य कार्कीलाई झण्डा र ब्यानर हस्तान्तरण गरेका छन् ।
पर्यटन विभागको तथ्यांक अनुसार प्रत्येक वर्ष ५० हजार पर्यटक र ३० हजार पर्यटकका सहयोगीले हिमाल भ्रमण गर्छन् । हिमाल भ्रमण गर्नेहरुले फाल्ने फोहोरका कारण हिमाल दूषित हुनेगरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती