बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस लुम्बिनी प्रदेशमा प्रचार प्रसार समिति गठन

मङ्गलबार, २२ चैत २०७८, १९ : ५७
मङ्गलबार, २२ चैत २०७८

नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले  विभिन्न सहमतिहरुलाई गठन गर्दै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्तै सभापतिको संयोजकत्वमा सत्ता गठबन्धन दल सँग वार्ता गर्नको संयोजक  अमर सिंह पुन सभापति  सदस्यमा भरत कुमार शाह , भुवन प्रसाद श्रेष्ठ , राजु खनाल  प्रकाश राना सदस्य रहेको समिति गठन गरेको छ । यस्तै अनुशासन समितिको  संयोजक माधव खरेल रहेका छन् ।  जसको सदस्यः  महेन्द्र पाण्डे, प्रेमलता भट्ट , कृष्ण प्रसाद अधिकारी,रहेका छन् । 

घोषणा पत्र लेखन समिति महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय समितिको गठन र सदस्यहरुको मनोनयन विभिन्न विज्ञता हासिल गरेको व्यक्तित्वहरूलाई संयोजकबाट मनोनित गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप