बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक एकतालाई मजबुत गरेर आगाडि बढ्नु आजको आवश्यक्ता : मन्त्री कार्की

मङ्गलबार, २२ चैत २०७८, १९ : ४०
मङ्गलबार, २२ चैत २०७८

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै र आन्तरिक एकतालाई मजबुत गर्दै अघि बढ्नुपर्ने आजको आवश्यक्ता भएको बताएका छन् । प्रेस युनियन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मन्त्री कार्कीले विविध जातजाति, भेषभुषा, रहनसहन नेपालको कमजोर पक्ष नभइ शक्ति भएको पनि बताए । उनले जातीय भेदभाव र बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु सबैको दायित्व भएको पनि बताए । मन्त्री कार्कीले आफ्नो  काम र कर्तव्यलाई बुझेर अघि बढे देश  विकासको उद्देश्यमा सफलता मिल्ने पनि बताए । मन्त्री कार्कीले १० वर्षमा धनी नेपाल र धनी नेपालीको देश बनाउनका लागि काम गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप