सरकारले ल्यायो एसिडसम्बन्धी अध्यादेश
मङ्गलबार, २२ चैत २०७८, १९ : ३०
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार एसिडसम्बन्धीसहितका विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी हुन् ।
सरकारले एसिडसम्बन्धीसहित यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश ल्याएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि