बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अपरेशन बालीको दौरानमा नेपाली सैनिक घाइते

मङ्गलबार, २२ चैत २०७८, १८ : २२
मङ्गलबार, २२ चैत २०७८

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा कार्यरत नेपाली शान्ति सैनिक घाइते भएका छन् । अपरेशन ‘बाली’ को दौरानमा मंगलबार नेपाली शान्ति सैनिक घाइते भएका हुन् । 

प्रमुख सेनानी निकिल कुवंरको कमाण्डमा खटिएको टोलीलाई विद्रोहीले फाइरिङ गर्दा नेपाली सैनिक घाइते भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

घाईते शान्ति सैनिकको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल ९२ अस्पतालमा थप उपचार भईरहेको सेनाको भनाइ छ  । सेनाले घाइतेको विवरण भने खुलाएको छैन ।  साथै बाँकी फौजहरु सुरक्षित रहेको सेनाले स्पष्ट गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप