अनुमति बिना सार्वजनिक स्थलमा चुनावी कार्यक्रम गर्न रोक

निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।
‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने’, आयोगको निर्देशनमा भनिएको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने ।’
कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम कसैले पनि बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने पनि आयोगको निर्देशनमा उल्लेख छ ।
राजनीतिक दलहरूबाट आफ्ना सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम संचालन गर्दा राखिएका दलका झण्डा, चिन्ह वा अन्य प्रचार प्रसार सामग्री निर्वाचन आचारसंहिता विपरीत हुने कुनै कार्यहरू भै रहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्नुपर्ने आयोगको निर्देशनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
-
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
-
चक्रपथको दोस्रो खण्डअन्तर्गत कलंकी–महाराजगञ्ज विस्तार गर्न चिनियाँ टोली आउँदै
-
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग