‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु
मध्यपुर थिमी नगरपालिकाले ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।
मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उनले त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आगामी बैशाख ३० गतेदेखि बैशाख २ गतेसम्म हुने सो जात्राको प्रचारप्रसारको काममा सहयोग गरिदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताए । सम्बन्धित सबै पक्षले यस जात्राको प्रवद्र्धनमा सहयोग गरे विश्व सम्पदा सूचीमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाइ थियो ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरूको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरूको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताए । उनले ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको प्रवर्द्धनले पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे । कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रदर्शनी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट