अन्तरवार्ता

चुनावको टिकटमा जातीय ‘फ्याक्टर’

टिकटका लागि जातलाई औजार नबनाऔँ : मुरारी सुवेदी

person explore access_timeचैत २२, २०७८ chat_bubble_outline0

नेकपा एमालेको दशौँ महाधिवेशन आउनै लागेको थियो, केपी शर्मा ओली पक्षधर केही नेताहरु अनौपचारिक छलफलमा जुटे । तेस्रो पुस्ताका नेताहरु गोकुल बाँस्कोटा, पार्वत गुरुङ, शेरबहादुर तामाङ र कृष्णकुमार राईबीच केन्द्रीय सचिव को बन्ने भन्नेबारे अनौपचारिक छलफल चल्यो ।


छलफलमा गुरुङ र राईले शेरबहादुर तामाङलाई सचिवका लागि समर्थन जनाइदिन बास्कोटासँग आग्रह गरे । बास्कोटासँगै अखिलमा काम गरेको भए पनि शेरबहादुर तामाङ पहिल्यै सांसद र मन्त्री भइसकेको हुनाले सिनियर रहेको र आदिवासी जनजातिसमेत भएकाले उनलाई सचिवमा समर्थन गर्न बास्कोटालाई अन्य नेताले आग्रह गरे । तर, बास्कोटाले आफू सचिवमा प्रतिस्पर्धा गरिछाड्ने बताए ।



छलफलका क्रममा जातको कुरो निस्कियो । कृष्णकुमार राईले आफू जनजातिको छोरो रहेको र तामाङको भाञ्जोसमेत भएकाले शेरबहादुरलाई समर्थन गर्ने बास्कोटालाई बताए । पार्वतले पनि आदिवासी जनजाति हुनुको नाताले शेरबहादुर तामाङकै पक्षमा लबिङ गर्ने बताए । अन्ततः सचिवका लागि प्रयासरत बास्कोटाले लागि उनीहरुबाट साथ नपाउने निश्चित भयो ।



एमाले महाधिवेशनअघिको यो घटनालाई बास्कोटाले अहिलेसम्म बिर्सेका छैनन् । उनले एमालेका आफूनिकट नेताहरुसँग भन्ने गरेका छन्– अध्यक्ष केपी कमरेड जो, जातीय संकीर्णताविरुद्ध सत्तिसालजस्तै उभिनुभएको छ, उहाँकै पार्टीभित्र पद प्राप्तिको विषयमा म जनजाति र तँ बाहुन भन्नेखालका सोचाइहरु देखिनु विडम्बना हो । व्यक्तिको क्षमतालाई भन्दा जातलाई प्राथमिकता दिने यो सोचाइ वर्गीय चिन्तन होइन । लिम्बु कमरेडले मेरो जातकै हुनुपर्छ भन्ने, तामाङले मेरै जातको हुनुपर्छ भन्ने हो भने कसरी कम्युनिस्ट भइन्छ ?

अहिले देशमा स्थानीय चुनाव आउनै लागेको छ । देशैभरि उम्मेदवार बन्ने होडबाजी चलिरहेको छ । र, यसक्रममा जातीय बाहुल्यका आधारमा उम्मेदवार तय हुनुपर्छ भन्ने मत पनि विभिन्न पार्टीमा उठिरहेको छ । तर, एउटा जाति वा समुदायलाई टिकट दिँदा अर्को समुदाय असन्तुष्ट बन्ने प्रचलन पनि बढ्न थालेको देखिन्छ ।

चुनावमा जातीय ‘फ्याक्टर’ को प्रश्न धरान उपमहानगरपालिकामा पनि सधैं उठ्ने गर्छ । धरानको चुनावमा आदिवासी जनजातिलाई नै टिकट दिनुपर्छ भन्ने मान्यता प्रायः सबै दलमा पाइन्छ । तर, जनजातिलाई नै टिकट दिनुपर्छ भन्ने मान्यता तोडेर व्यक्तिको क्षमता हेरेर उम्मेदवार चयन गरिनुपर्ने बताउँछन् नेकपा एमाले सुनसरीका नेता मुरारी सुवेदी ।

धरान उपमहानगरपालिका र समग्र सुनसरीमा नेकपा एमालेको अवस्था कस्तो छ भन्नेबारे कुराकानी गर्ने सन्दर्भमा हामीले एमाले नेता सुवेदीसँग ‘जातीय फ्याक्टर’का विषयमा पनि चासो राख्यौँ । नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एवं सुनसरी एक नम्बर निर्वाचन क्षेत्रका इञ्चार्जसमेत रहेका एमाले नेता सुवेदीसँगको कुराकानी शुरु गर्नुपूर्व धरान उपमहानगरको विगतको परिणामबारे छोटो चर्चा गरौँ–

धरान उपमहानगरपालिकामा ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी विजयी भएका थिए । प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका तिलक राईले १६ हजार १०२ मत र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

मेयर सुब्बाको असामयिक निधन भएपछि सम्पन्न उपनिर्वाचनमा भने काँग्रेसका तिलक राईले परिणाम उल्ट्याउँदै एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई झण्डै ३ हजार मततान्तर पराजित गरे ।

उपनिर्वाचनमा काँग्रेसका तिलक राईले २६ हजार ७०९ मत ल्याउँदा तत्कालीन नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत पाए । वडा गत परिणामलाई हेर्दा धरानका २० वटा वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो । काँग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जित्न सफल भएका थिए ।

आगामी स्थानीय निर्वाचनमा उपनिर्वाचनको परिणामलाई उल्ट्याउने ध्याउन्नमा एमाले लागेको छ । उसले आफ्नो पार्टी विभाजन भए पनि ०७४ सालमा भन्दा मजबुत ढंगले संगठन सुदृढीकरण गरेको दाबी गरेको छ ।

प्रस्तुत छ, एमाले नेता सुवेदीसँग रातोपाटीकर्मी अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंश–

धरान विशेषतः राई र लिम्बू समुदायको बाहुल्य रहेको शहर हो ।  यहाँ आदिवासी–जनजाति समुदायकै उम्मेदवार तय हुनुपर्छ भन्ने चर्चा चल्ने गर्छ । यस विषयमा तपाईं के भन्नुहुन्छ ?

जनसंख्याको बाहुल्यको हिसावले कुनै पनि जाति बढी हुनु स्वाभाविक हो । तर, धरानमा ५० प्रतिशत बढी कुनै जाति पनि छैन । उम्मेदवार छनोटको आधार जात बन्दैन । त्यो बनाउनु पनि हुँदैन । उम्मेदवार छनोटको आधार जात बनाउन थाल्यौँ भने पार्टी पद्दति र पार्टी सिस्टम नै रहँदैन ।

यद्यपि हामीले विगतदेखिकै जुन जातिको बाहुल्यता छ, त्यही जातिको नेता निर्माण गर्नुपर्छ भन्ने कुरा स्वभाविक हो । हामी त्यो ढंगले लागेका पनि छौँ । तर, टिकटको आधारचाहिँ तथ्यांक विभागको तथ्यांक हेरेर यो जाति धेरै छ, यसले जित्छ भन्ने कुरा हुँदैन । पार्टी कुन पंक्तिमा बढी छ, त्यो हेर्नुपर्छ ।

जाति भन्ने कुरा के हुन्छ भने जातीय समुदायको जतिसुकै बहुसंख्या भए पनि त्यो जाति समुदायमा पार्टी बलियो छैन भने उम्मेदवारलाई जातको हिसावले भोट आउँदैन ।

उदाहरणका लागि भोजपुरबाट आउनु भएका ज्ञानेन्द्र कार्कीको सुनसरीमा जात मिल्दैन, तर चुनाव जित्नुभयो त । जातको हिसावमा भोट खस्ने हो भने त उहाँले २/४ हजार मत मात्रै ल्याउनुपर्ने होइन र ।

टिकट प्राप्तिका लागि जात आधार होइन, क्षमता प्रमुख कुरा हो । मतदाताले जात हेर्ने हो भने खोटाङमा विशाल भट्टराईले टिकट पाएर कसरी जित्नुभयो ? लिम्बुवानको ताप्लेजुङबाट योगेश भट्टराईले चुनाव जित्नुभएकै हो । धरानमा कहिल्यै पनि जात हेरेर जितेको अवस्था छैन । इनरुवाबाट धरानमा आउनुभएका भीम आचार्यले यही क्षेत्रबाट चुनाव जित्नुभएको होइन र ?

तर, यसबारे एउटा मानक पनि स्थापित स्थापित भइरहेको छ नि ? भोजपुर, खोटाङमा राई, सिन्धुलीमा तामाङ, रोल्पामा मगर, काठमाडौँमा नेवार नै उम्मेदवार बनाउनुपर्छ भन्ने त व्यवहारिकरुपमा अभ्यास भइरहेको छैन र ?

त्यो क्षेत्रको नेता निर्माण गर्नुपर्छ । त्यो समुदायको नेता बनाउनुपर्छ । तर, जात वा समुदायका आधारमा टिकट पाउने आधार बनाउनुहुँदैन । हाम्रो देशमा सय भन्दा बढि जातजाति छन् । कम्युनिस्ट पार्टीको अब्बल नेता त जुनसुकै जाति पनि निस्कन सक्छ नि ।

पछिल्लो समयमा व्यवस्थापनको हिसावले जातीय असन्तुलन देखिएको भनेको राज्यले नै जातीय विभाजन गरेको हो नि । मुलुकी ऐन जारी गर्दा जंगबहादुरले जातका आधारमा कामको विभाजन गरेर जात छुट्याएको त हो नि । विभेद गरेको पनि हो । त्यही कारण समान अवसर प्राप्त पनि भएन । त्यो भएकाले अहिले चाहिँ विशेष व्यवस्था गरेर सबैलाई अगाडि बढाउने कुराचाहिँं व्यवहारमा देखाउनुपर्छ । पछाडि पारिएका जाति र समुदाय दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा लाने प्रयत्न चाहिँ सबैले गर्नुपर्छ ।

तर, यहाँ धरानमै पार्टीभित्र उम्मेदवार तय गर्दा जातलाई आधार बनाउने विषय उठेको छैन र ?

टिकट प्राप्तिका लागि जात आधार होइन, क्षमता प्रमुख कुरा हो । मतदाताले जात हेर्ने हो भने खोटाङमा विशाल भट्टराईले टिकट पाएर कसरी जित्नुभयो ? लिम्बुवानको ताप्लेजुङबाट योगेश भट्टराईले चुनाव जित्नुभएकै हो । धरानमा कहिल्यै पनि जात हेरेर जितेको अवस्था छैन । इनरुवाबाट धरानमा आउनुभएका भीम आचार्यले यही क्षेत्रबाट चुनाव जित्नुभएको होइन र ?

यद्यपि धरानमा ‘जनजाति फेस’ नै चाहिन्छ भन्ने विषय अलि बढि चर्चामा छ नि ?

मनमोहन अधिकारीलाई ०४८ सालमा धरानले जितायो । ०५१ सालमा लीला श्रेष्ठ सुब्बालाई धरानले जितायो । ०५६ सालमा जटिल परिस्थितिमा पार्टी विभाजन भएर ठूलो पंक्ति मालेमा जाँदा पनि कुन्ता शर्मालाई एमालेबाट जितायो । त्यसबेला धरानमा मालेले जित्ने प्रक्षेपण थियो ।

त्यसबेला कुन्ता शर्मालाई चुनावमा उठाउँदा जनताले, कार्यकर्ताले ‘जात होइन रगत हेरौँ’ भन्ने खालका वालपेन्टिङ गरेका थिए । धरानमा त्यतिबेला पनि केही वडामा ९० प्रतिशत जनजातिको बसोबास थियो । तिनै वडामा त्यसखालको प्रचार भएको थियो । तिनै वडाबाट एमालेलाई सर्वाधिक मत आयो । यसैबाट प्रष्ट हुन्छ कि मतदातालाई जातको विषयमा त्यति रुची छैन ।

तर, टिकट प्राप्त गर्नका लागि यदाकदा यो जाति समुदाय धेरै छ, यही बढि हुनुपर्छ भन्ने विषयमा जातलाई औजार बनाउन खोजेको पनि कतिपय ठाउँमा देखिन्छ । तर, धरानमा मैले त्यस्तो देखेको छैन । जनताले पनि त्यसलाई अस्वीकार गर्छन् ।

माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेपछिको अवस्था के हो भन्ने प्रश्न तपाईंको होला, त्यसको प्रभाव एकदमै कम छ । यसले एमालेको परिणामलाई तलमाथि हुने र असर गर्नेखालको अवस्था छैन ।

अब आगामी स्थानीय चुनावको कुरा गरौँ । धरानको मत परिणामको आकलन कुन हिसावले गरिरहनुभएको छ ? आसन्न स्थानीय चुनावमा एमालेले कुनै दलसँग गठबन्धन गर्छ कि गर्दैन ?

हामीसँग गठबन्धनका लागि कसैको पनि रुची छैन । सबै शक्तिहरु आकर्षण हुने गरी भन्दा विकर्षण गर्ने गरी लागिरहेका छन् । हामी एक्लै हिसावले चुनाव लड्ने तयारी गरिरहेका छौँ । अघिल्लो समयमा पनि अघोषित हिसावले सबै शक्ति एमालेविरुद्ध एकतावद्ध थिए । उपनिर्वाचनमा पनि नेकपा भर्सेस अरु सबै थिए । त्यसबेला हार हुनुको कारण, केही कमजोरी भएको थियो । अबको त्यो अवस्था छैन ।

समग्र सुनसरी जिल्लामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारी कसरी गरिरहेको छ ?

हामीले वैशाख ३० गतेको निर्वाचनको तयारीका सन्दर्भमा पार्टीलाई व्यवस्थित गर्ने, सुदृढीकरण गर्ने र पार्टीका सम्पूर्ण अवयवलाई चलायमान बनाउने गरी चुनावी गतिविधि गरिरहेका छौँ ।

कुल खसेको मतको परिणाम हेर्दा सुनसरीमा एमालेले ०५४ सालदेखि नै पहिलो स्थान हासिल गर्दै आएको छ । केही व्यवस्थापकीय कारणले कतिपय चुनावको परिणाममा हार भए पनि पार्टीको अवस्था पहिलो नै हो ।

०७४ सालको चुनावमा संघ र प्रदेशमा माओवादी र एमाले मिलेर चुनाव लड्दा तपाईंहरुले राम्रो परिणाम ल्याउनुभएको थियो । अहिले नेकपामात्रै होइन, एमाले पनि विभाजित भएको छ । यस्तो अवस्थामा पार्टी कसरी बलियो होला र ?

नेकपा  विभाजन भन्ने एउटा अवस्था हो । नेकपा विभाजन भए पनि हिजोको शक्ति सन्तुलनबाट हामी तलमाथि केही पनि भएका छैनौँ । नेकपा बन्दा जो साथीहरु समाहित हुनुभएको थियो, ती साथीहरु नेकपाको निरन्तरता एमाले नै हो भनेर ठूलो संख्यामा एमालेमै समाहित हुनुभएको छ । सानो साइजमा केही साथीहरुले छुट्टै गतिविधि गरिरहनुभएको छ ।

अर्को, माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेपछिको अवस्था के हो भन्ने प्रश्न तपाईंको होला, त्यसको प्रभाव एकदमै कम छ । यसले एमालेको परिणामलाई तलमाथि हुने र असर गर्नेखालको अवस्था छैन ।

पार्टीले गरेका कामको प्रचार गर्ने विषयमा वडा समितिलाई निर्वाचनमा परिचालन गर्ने विषयमा पनि काम गरेनौँ । कमिटी चलेन । एकैपटक जनतामा जाँदा र ओभर कन्फिडेन्टका कारण समस्या भयो । चुनावका बेला वडा समिति, नगर समिति पनि भावनात्मक एकता भइसकेको थिएन ।

तपाईंले परिणाममा असर गर्दैन भनिरहँदा यहाँका पुराना नेता तथा सुनसरीका जिल्लाका इञ्चार्ज धर्म निरौला लगायतले पार्टी छाडेको अवस्था पनि छ । उपचुनावमा नेकपा नफुटेकै अवस्थामा काँग्रेसले मेयर जितेको अवस्था छ । यो तथ्यलाई कत्तिको ख्याल गर्नुभएको छ ?

धर्म निरौला व्यक्ति भएर कम्युनिष्ट पार्टी भएको होइन । पार्टीले धर्म निरौला बनाएको हो । कार्यकर्ताले निर्माण गरेको नेता हो उहाँ । धर्म निरौलाप्रति विशेष आग्रह, व्यक्तिगत हिसावले जोडिएका मानिस भएको भए जाने अवस्था बन्थ्यो होला । तर, कोही पनि त्यसरी गएनन् । धर्म निरौला जिल्ला इञ्चार्ज नै गए भन्दा सबै गए कि भन्ने बाहिर हल्ला भएको हुन सक्छ । तर, त्यस्तो अवस्था यहाँको होइन । म फेरि पनि भन्छु धर्म निरौला भएर सुनसरीमा एमाले चिनिएको होइन, एमाले भएर धर्म निरौला चिनिएका हुन् ।

एक नम्बर क्षेत्रमा पनि हामी पहिलो शक्तिका रुपमा अगाडि बढेका छौँ । केही मतदातामा र देशव्यापीरुपमा नेकपा एउटै हुँदा धरानमा पराजित भएको कुराले अन्योल र भ्रम जस्तो देखिनु स्वाभाविक हो । एमाले कमजोर भएको होला भन्ने हिसावले प्रचार हुनु पनि स्वभाविक हो । हामीले त्यसलाई मेकअप गरेर अगाडि बढ्न थप मेहनत गरिरहेका छौँ । यद्यपि हामी दोस्रो स्थानमा झरेका छैनौँ ।

त्यसको मतलब, धरानमा नेकपा हुँदाको अवस्थाभन्दा बलियो भएको छ त एमाले ?

हामी ०७४ सालको स्थानभन्दा सुदृढ भएका छौँ । ०७४ भन्दा बलियो भएको आधार के हो भने त्यसबेला एमाले एक्लै थियो, काँग्रेस छुट्टै थियो । माओवादी र संघीय समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए । माओवादी, संघीय समाजवादीका उम्मेदवारहरु लगायत कार्यकर्ताको ठूलो पंक्ति एमालेमा आएका छन् ।

नेकपा एसको प्रभाव धरानमा केही पनि छैन । केही साथीहरु बस्नै नसक्ने अवस्था भयो है कमरेडहरु भनेर सल्लाहमै जानुभएको छ । त्यसकारण संगठनात्मक अवस्थामा हामीले ०७४ सालको भन्दा निक्कै सुदृढ गरेका छौँ ।

धरानलाई हाँकेर लिएर जान सक्ने र धरानलाई कहाँ पुर्याउने भन्ने दृष्टिकोण हामीसँग छ । त्यसलाई बोक्न सक्ने नेतृत्वको आवश्यकता छ । हामीसँग अनुभवी, खारिएका धेरै साथीहरु हुनुहुन्छ । संसदीय क्षेत्रमा अनुभव हासिल गरिरहेका साथीहरु पनि हुनुहुन्छ । अहिले निरन्तर यही क्षेत्रमा अनुभव हासिल गरिरहेका साथीहरु पनि हुनुहुन्छ । पार्टीको मोर्चामा रहेर नजिकबाट बुझेका साथीहरु पनि हुनुहुन्छ । तिनै पात्रलाई हामी अगाडि बढाउँछौँ ।

धरानमा संगठन सुदृढ छ भन्नुभयो । उपनिर्वाचनमा नेकपा सिंगै हुँदा पनि पराजित हुनुभयो नि ? त्यसबेलाको पार्टी त तीन टुक्रा भएको छ नि हैन र ?

मत भनेको सधैँभरि जोखेजस्तो यता–उता हुँदैन । हिजोको उपनिर्वाचनमा हाम्रा दुईवटा कमजोरी भए । एउटा–जितिहालिन्छ नि भन्ने ओभर कन्फिडेन्ट भयो । अर्को– पार्टीलाई गतिशील बनाउने, एकता प्रक्रियालाई छिटो टुंगो लगाउने विषयमा ढिलाइ भयो । पूर्व माओवादीभित्रको समस्याले पनि ढिलो भयो । धर्म निरौला त्यसबेला इन्चार्ज हुनुहुन्थ्यो, उहाँले १२ वटा पालिकामा अन्तिममा मात्रै एकता प्रक्रिया सुरु गर्नुभयो ।

त्यस्तै, पार्टीले गरेका कामको प्रचार गर्ने विषयमा वडा समितिलाई निर्वाचनमा परिचालन गर्ने विषयमा पनि काम गरेनौँ । कमिटी चलेन । एकैपटक जनतामा जाँदा र ओभर कन्फिडेन्टका कारण समस्या भयो । चुनावका बेला वडा समिति, नगर समिति पनि भावनात्मक एकता भइसकेको थिएन ।

फेरि माओवादी र एमालेमा ६०/४० का साथीहरु मात्रै कमिटीमा थिए । त्यसो हुँदा माओवादीका ६० प्रतिशत र एमालेका ४० प्रतिशत साथीहरु कमिटी बाहिर थिए । त्यसकारण पनि पार्टी एकताबद्ध ढंगले अगाडि बढ्न सकेन ।

अर्को, पार्टीभित्रको आन्तरिक समस्या, गुटगत आग्रह पूर्वाग्रह धेरै थियो । यहाँ पार्टीले नगरमा खेलेको भूमिका, विकास निर्माणको कामको विषय, जनस्तरबाट उठेका विषयलाई चिर्न पार्टीले सकेन र स्थानीयले पनि नयाँ टेष्ट हेरौँ भन्ने अवस्थाबाट आए । तर, अहिले त ठूलो गल्ती गरिएछ भने मतदातामा पुगिसकेको छ । ​

त्यसबेला उम्मेदवार छनोटको कुरामा पनि एमालेले गल्ती गरेको थियो कि ?

उम्मेदवार छनोटमा गल्ती भएन । मुख्य भएको कमजोरी भनेको त्यसबेलाको नेतृत्वले सकारात्मक कामलाई पार्टीको सम्पत्ति मानेर प्रचार गर्न सकेनौँ ।

माथिल्लो कमिटीबाट कसले टिकट पाउँछ र पार्टीले दिन्छ होला भन्ने विषय भन्दा पनि हामीले वडाबाटै छानेर पठाउनु भनेका छौँ । कहिलेकाँहि चुनाव जितेर राजनीति हारियो भने पनि नोक्सान हुन्छ । अहिलेको समयअनुसार जनताको अपेक्षा अनुसार गर्न सकिएन भने राजनीति पराजित हुन्छ ।

धरान देशकै महत्वपूर्ण स्थानीय तह हो । यहाँको निर्वाचन परिणामले निक्कै ठूलो अर्थ राख्छ । आगामी निर्वाचनमा एमालेले धरानमा कसलाई उम्मेदवार बनाउँछ ?

हामीले व्यक्तिमा पुगेका छैनौँ । क्रियाशील भएको नेतृत्व छ । भिजनरी नेतृत्व आउनुपर्छ । जितेपछि के गर्ने भन्ने विषयमा राजनीतिक मुद्दा भन्दा व्यवस्थापकीय मुद्दालाई सम्बोधन गर्न सक्नुपर्ने छ ।

धरानलाई हाँकेर लिएर जान सक्ने र धरानलाई कहाँ पुर्याउने भन्ने दृष्टिकोण हामीसँग छ । त्यसलाई बोक्न सक्ने नेतृत्वको आवश्यकता छ । हामीसँग अनुभवी, खारिएका धेरै साथीहरु हुनुहुन्छ । संसदीय क्षेत्रमा अनुभव हासिल गरिरहेका साथीहरु पनि हुनुहुन्छ । अहिले निरन्तर यही क्षेत्रमा अनुभव हासिल गरिरहेका साथीहरु पनि हुनुहुन्छ । पार्टीको मोर्चामा रहेर नजिकबाट बुझेका साथीहरु पनि हुनुहुन्छ । तिनै पात्रलाई हामी अगाडि बढाउँछौँ ।

वर्तमान उपमेयर मञ्जु भण्डारीलाई नै एमालेले टिकट दिँदैछ भन्ने चर्चा पनि छ नि ?

यो स्वाभाविक हो । उहाँ पार्टीको केन्द्रीय सदस्य पनि हो । हिजो आन्दोलनबाट आउनुभएको मान्छे हो । अनुभव पनि छ । उपमेयरको पनि र कार्यवाहक मेयरको पनि अनुभव छ । अरुले हेर्दा पनि र पार्टीको तर्फबाट हेर्दा पनि राष्ट्रिय स्रोत तथा ठूला परियोजनामा लिङ्केज पनि अहिले बढेको छ । उपनिर्वाचनपश्चात काँग्रेसको नेतृत्व आएपछि केही नहुँदा पनि उहाँलाई नै ल्याउँदा राम्रो हुन्छ कि भनेर चर्चा परिचर्चा हुनु स्वाभाविक पनि हो । तर, उहाँ नै एकमात्र उम्मेदवार हो भन्ने निष्कर्षमा हामी छैन ।

केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र सुनसरीमा तपाईं टिकट बाँड्ने ठाउँमा भएका कारण मञ्जु भण्डारी नै मेयरको उम्मेदवारमा रुपमा आउनुहुन्छ भन्दा के होला ?

योचाहिँ जनताको इच्छा आकांक्षाबाट हुने हो । सम्बन्धको हिसावले निर्णय हुँदैन ।

तपाईंको जोडचाहिँ मञ्जु भण्डारीलाई नै मेयर बनाउनुपर्छ भन्ने छ कि ?

पार्टीले उम्मेदवार सिफारिस गर्नुपर्छ भनेपछि त्यतातिर ध्यान दिएको छु । मेरो जोड भनेको हिजो बोकेको विरासत के कारणले रोकियो ? पार्टी सिस्टममा फूलमा पानी हालेर मात्रै हुँदैन, जरामा पानी र मल हाल्नुपर्छ । पार्टी भनेको पनि टोल र प्रारम्भिक कमिटीलाई बढी जोड दिनुपर्छ । त्यतातिर चाहिँ कम ध्यान दिने र माथिल्लो कमिटीमा मात्रै ध्यान दिने कुराले मात्रै परिणाम दिँदैन । माथि मात्रै घेराबारा गर्ने, तर जरा मजबुद नगर्दा फूलको विरुवा पनि लड्न सक्छ ।

अहिले हामीले तल्लो समिति निर्माणलाई प्राथमिकता दिएका छौँ । अहिले नै को मान्छे भनेर विशेष जोड गरेका छैनौँ । हामीले वडा र पालिकामा पनि डेटलाइन दिएका छौँ । त्यहाँ त्यही हिसावले छलफल भइरहेको छ ।

माथिल्लो कमिटीबाट कसले टिकट पाउँछ र पार्टीले दिन्छ होला भन्ने विषय भन्दा पनि हामीले वडाबाटै छानेर पठाउनु भनेका छौँ । कहिलेकाँहि चुनाव जितेर राजनीति हारियो भने पनि नोक्सान हुन्छ । अहिलेको समयअनुसार जनताको अपेक्षा अनुसार गर्न सकिएन भने राजनीति पराजित हुन्छ ।

अहिले त संविधानमा नै स्थानीय सरकारले गर्ने २८ वटा कामको सुनिश्चित गरेको छ । यो सामान्य हिसावले मेयर, उपमेयर भइहाल्यो भनेर धर छैन । अरु बाँकी २२ काम प्रदेशसँग मिलेर गर्ने भन्ने संविधानमा उल्लेख छ । त्यही खालको सक्षम नेतृत्व र उम्मेदवार आवश्यक छ ।

काँग्रेसले त यो भन्ने आधार नै छैन । काँग्रेसको नेतृत्व आएपछि एउटा १ हजारको प्रोजेक्ट पनि आएको छ भने सार्वजनिक गरे हुन्छ । चुनावका बेलामा भन्ने, भाषण गर्ने कुरा होला । तर, यथार्थमा उहाँहरुको कुनै पहल छैन । बरु हामीले सुरुवात गरेका स्मार्ट तरकारी बजारको कामै नगरी बजेट फिर्ता पठाए । काम गर्नै सक्नुभएन । अढाइ वर्षमा अझै के गर्ने भन्ने विषयमा उहाँहरुले सोच बनाउनुभएको देखिँदैन ।

पार्टीको नगर समितिले सिफारिस गरेका आधारमा टिकट दिनुहुन्छ ? 

वडाध्यक्षको हकमा वडा समितिले गर्छ । त्यसलाई टेकेर नगरले जिल्लामा लान्छ र त्यसलाई निर्णय गर्छ । मेयर उपमेयरका हकमा नगरले सुझाव दिन्छ  । जिल्लाले प्रदेशलाई सिफारिस गर्छ, प्रदेशले केन्द्रमा पठाएर निर्णय हुन्छ ।

तपाईंहरुले यसअगाडि पनि उल्लेख्य वडा जित्नुभएको थियो । यस पटक वडाहरुको अवस्था के हुन्छ ?

यसपालि हामी २० मध्ये १४ बाट घट्दैनौँ केही वडा थप्छौँ । मत पनि केही बढ्छ । यसपटकको चुनौतिको विषय भनेको थपिएका नयाँ मतदाता हुन् । गत उपनिर्वाचनमा भन्दा हाल १० हजार मतदाता थप भएका छन् । यी मतदाता युवा छन् । युवाहरुका बीचमा यो पार्टी, त्यो पार्टी भन्दा पनि नेगेटिभ कुरा बढी पस्किएका कारण यो पुस्ताले नकारात्मक कुरा बढि बोकिरहेका छन् कि भन्ने आशङ्का छ । तर, उनीहरुलाई युवा संघमार्फत हामीले विभिन्न कार्यक्रम गरिरहेका छौँ । धरानमा एमालेको विपक्षमा परिणाम आइआल्छ कि भनेर आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।

धरानमा एमालेले गरेको राम्रो कामचाहिँ के हो ?

धरानको हकमा हामी ०७४ सालको घोषणापत्र मध्ये ८० प्रतिशत काममा प्रवेश गरेका छौँ र ६० प्रतिशत सम्पन्न गरेका छौँ । धरानमा स्मार्ट बसपार्क बन्दैछ । निजी क्षेत्रको साझेदारीमा नेपालमै पहिलो पटक फोहोरबाट ग्यास उत्पादन गर्ने प्लान्टको काम सुरु भएको छ । रोजगारी सिर्जनाका काम गरेका छौँ ।

ठूलाठूला लिङकेज गर्नेखालका कामहरु, गाउँतिर जोड्ने बाटोहरु बन्दैछन् । राष्ट्रिय योजनाका रुपमा मदन भण्डारी राजमार्ग बन्दैछ । २१ वटा पुल त सोही प्रोजेक्ट अन्तर्गत धरानमा बन्दैछ ।

हामीले चैत ३० गतेसम्म प्रदेश समितिलाई सिफारिस गरिसक्नुपर्ने डेडलाइन छ । सोहीअनुसार हामीले टुंगो लगाएर पठाउँछौँ ।

त्यो त हामीले गरेको भनेर काँग्रेसले पनि भन्ला नि ?

काँग्रेसले त यो भन्ने आधार नै छैन । काँग्रेसको नेतृत्व आएपछि एउटा १ हजारको प्रोजेक्ट पनि आएको छ भने सार्वजनिक गरे हुन्छ । चुनावका बेलामा भन्ने, भाषण गर्ने कुरा होला । तर, यथार्थमा उहाँहरुको कुनै पहल छैन । बरु हामीले सुरुवात गरेका स्मार्ट तरकारी बजारको कामै नगरी बजेट फिर्ता पठाए । काम गर्नै सक्नुभएन । अढाइ वर्षमा अझै के गर्ने भन्ने विषयमा उहाँहरुले सोच बनाउनुभएको देखिँदैन ।

अन्तिममा फेरि पनि एकपटक सोध्छु, तपाईंको अन्तर कुन्तर मनमा मञ्जु भण्डारीलाई नै मेयर बनाउन पाए हुन्थ्यो भन्ने चाहिँ लागेको छैन ?

यो अलि संवेदनशील विषय हो । अहिले मञ्जु भण्डारी केन्द्रीय सदस्य हो । मेरो नेता हो । तर, हिजो कार्यकर्ता निर्माण गर्ने सवालमा उहाँ मेरो कार्यकर्ता हो । मञ्जु भण्डारीको विषयमा अहिले सबल पक्ष वा दुर्वल पक्ष भनेर बोल्ने अवस्थामा म छैन । मैले यो विषयमा अहिले बोल्नुहुँदैन ।

आफ्नी जीवन संगीनी, आफ्नै नेता अनि विगतको आफ्नै कार्यकर्ता भएका हिसावले तपाईंले बोल्दा के होला र ?

छोटो समयमा मञ्जु भण्डारीले मैले अपेक्षा गरेको भन्दा धेरै राजनीतिक कुशलता र प्रशासनिक क्षमता देखाएको मैले अनुभव गरेको छु ।

त्यसोभए मेयरका लागि एक नम्बरमा उहाँको नाम सिफारिस गर्दा के होला र ?

उहाँ स्वाभाविक आकांक्षी हो । दावेदार हो । एक नम्बर वा दुई नम्बर भन्दा मानिसले अन्यथा बुझ्छन् । उपमेयर भएको मान्छे, कार्यवाहक मेयर पनि चलाएको मान्छे । महिला नेतृत्व व्यवस्थापनको कुरा पनि छ । तर, महिला नेतृत्व व्यवस्थापन भन्ने विषय चाहिँ गौण हो । मैले अगाडि पनि भनें, महिला भएकै कारणले पहिला हुनुपर्छ भन्ने पनि होइन । तर, संविधान प्रदत्त २२ वटा अधिकार कार्यान्वयन गरेन भने त देश वर्बाद हुन्छ । पिँढीमाथि अन्याय पनि हुन्छ । त्यसैले स्वाभाविक दाबी हो । उहाँको इच्छा र पब्लिकले पनि भनिरहेका छन् । तर, बाइलाइन हामीले छलफल गरेका छैनौँ । उहाँलाई नै हुँदा जित्न सकिन्छ कि सकिँदैन ? किनभने, चुनाव जितिएन भने पाँच वर्ष पार्टी नै थान्को लागिरहन्छ । उहाँमात्रै होइन अरु साथीहरु पनि हुनुहुन्छ ।

तपाईंहरुले उम्मेदवारको टुंगोचाहिँ कहिलेसम्म लगाउनुहुन्छ ?

हामीले चैत ३० गतेसम्म प्रदेश समितिलाई सिफारिस गरिसक्नुपर्ने डेडलाइन छ । सोहीअनुसार हामीले टुंगो लगाएर पठाउँछौँ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।