बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

मङ्गलबार, २२ चैत २०७८, १७ : ३०
मङ्गलबार, २२ चैत २०७८

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीहरुको माग  सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरुका अहिलेका समस्या र मागहरुलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुका धेरै समस्या रहेकाले व्यवसायीहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्ष जनशक्ति उत्पादनको लागि तालिम केन्द्र,७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको नीति कार्यान्वयन गर्नु पर्ने र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार बढाउन विशेष नीति लिन सरकारको ध्यानाकर्षण गराए । 

यस्तै उपराष्ट्रपति पुनले नीजि क्षेत्रले वैदेशिक लगानी भित्र्याउनका लागि निर्यात व्यापार प्रवद्र्धनमा योगदान पु¥याउनु पर्ने बताए । उनले मुलुकको अर्थतन्त्रमा आएको चुनौतीको कारण उद्योगी व्यवसायीहरुले विदेशमा नभएर स्वदेशमा नै लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताए ।

उपराष्ट्रपति पुनले पछिल्लो समय मुलुकको व्यापार घाटा बढ्दै जानु चिन्ताको विषय बनेको बताए । उनले विगतमा नेपालले विदेशमा औधोगिक वस्तु निर्यात गर्ने भए पनि अहिले वस्तु उत्पादन गर्ने उद्योगहरु रुग्न बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरे । दैनिक उपभोग्य वस्तु देखि ठूला निर्माण सामाग्री समेत आयात गरिरहेका भन्दै उपराष्ट्रपति पुनले यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने बताए । उपराष्ट्रपति पुनले हामी उद्योगी व्यवसायी र सबै नागरिक जिम्मेवारी भएर स्वदेशमा उत्पादित वस्तुको प्रवद्र्धनमा जोड दिन जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप