रमेश सिलवालले दायर गरेको रिट खारेज
मङ्गलबार, २२ चैत २०७८, १७ : २२
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य–सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज भएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेको हो ।
सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सदस्य–सचिव पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि गत १३ मंसिरमा टंकलाल घिसिङलाई राखेपको नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो । सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका छन् । यसअघि १५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइल मगाउन सरकारको नाममा आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान