बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडियोः अर्थमन्त्री शर्मा

मङ्गलबार, २२ चैत २०७८, १७ : ०३
मङ्गलबार, २२ चैत २०७८

अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडिएको बताएका छन् । उनले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै भूपरिवेष्टित भएपनि सडकमार्फत राजधानी काठमाडौं समुन्द्रसँग जोडिएको बताएका हुन् ।

उनले भने, ‘अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ । जाँचपास लगायतका काम यहीँबाट सम्पन्न हुन्छन् ।’ यसबाट व्यापार÷व्यवसायको प्रबर्द्धनमा सहयोग पुग्ने अर्थमन्त्री शर्माको भनाइ छ । ‘चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने छ,’ उनले भने, ‘यो बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुनुपर्ने छ ।’

उनले यतिबेला नेपालको अर्थतन्त्रलाई कोभिड महामारी र रुस युक्रेन युद्धले असर गरिरहेको जानकारी दिए । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य महँगिएको र रेमिट्यान्स पनि खुम्चिएको उनको भनाइ छ । यद्यपि, फागुन महिनाको रेमिट्यान्समा सुधार आएको अर्थमन्त्री शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप