मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

यस्तो छ, ब्लू स्टारविरुद्ध मच्छिन्द्रको सुरुवाती–११

मङ्गलबार, २२ चैत २०७८, १६ : ५६
मङ्गलबार, २२ चैत २०७८

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकन क्लब ब्लू स्टारसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरमा हुने खेलका लागि मच्छिन्द्र फुटबल क्लबले सुरुवाती ११ सार्वजनिक गरेको छ । 

मच्छिन्द्र र ब्लू स्टारबीचको ५ बजे सुरु हुनेछ । पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको मच्छिन्द्र आजको खेलमा सहज जितको अपेक्षामा हुनेछ ।​ मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । एएफसीको लाइसेन्स नभएर अघिल्लो पटक मच्छिन्द्रले एएफसी कप छनोट खेल्न पाएको थिएन ।

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा खेल्नेछ ।

मच्छिन्द्रको सुरुवाती–११

गोलरक्षक - विशाल श्रेष्ठ

डिफेन्डर - रन्जित धिमाल, ओमोलोजा करिम, देवेन्द्र तामाङ, छिरिङ गरुङ

मिडफिल्डर - विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्द्रेश चोन्क्यो 

फरवार्ड - बिमल घर्ती मगर, नुर्लान नोभ्रुज

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?