बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो दीलिप र प्रियंकाको ‘लक्का जवान’

मङ्गलबार, २२ चैत २०७८, १६ : ५२
मङ्गलबार, २२ चैत २०७८

दिलिप रायमाझी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म हो ‘लक्का जवान’ । वैशाख २३ गते प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।

हास्य कलाकार शिवहरि पौडेलको निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलर हेर्दा दुई पुस्ताको कथा फिल्मले उठाएको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा कमेडी र सेन्टिमेन्ट दुबै दृश्यले प्रथामिकता पाएको छ ।

मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र  कंसाकार, देशभक्त खनाल लगायतको अभिनय छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक पौडेल स्वयंको हो । 

अन्सुया श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा किरण केसी, शिवहरि पौडेल र दिलिप रायमाझी हुन् । फिल्म ‘लक्का जवान’ २०७६ शो चैतमा प्रदर्शनमा आउने तयारीमा थियो । सो समय कोरोना महामारीका कारण हल बन्द भएपछि रिलिज स्थगित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप