बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाए : ओली

मङ्गलबार, २२ चैत २०७८, १६ : ४७
मङ्गलबार, २२ चैत २०७८

एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् । 

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’  

ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको हल्ला चलाएको पनि बताए । ‘केपी ओली मधेसविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरूले,’ उनले भने, ‘म मधेसको मान्छे । ६० वर्षदेखि मत मधेसको बासिन्दा हो । ६० वर्षदेखि मधेसमा बसेको छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप