सञ्चालनमा आयो उपत्यकाभित्रकै पहिलो बन्दरगाह ‘चोभार ड्राइपोर्ट’
उपत्यकाभित्रकै पहिलो बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले वीरगञ्ज नाका हुँदै भारतबाट लोड भएर आएका तीन वटा मालवाहक कन्टेनरको सिल खोल्दै बन्दरगाहको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।
योसँगै अब चोभार सुख्खा बन्दरगाहले औपचारिक रुपमै मालवस्तु आयात÷निर्यातको भन्सारीकरणको अनुमति पाएको छ । कुल २२० रोपनी क्षेत्रफलमा बनेको चोभार सुख्खा बन्दरगाह २०७५ असारदेखि निर्माण थालनी भएर २०७८ असारमा सम्पन्न भएको हो । यस बन्दरगाह कुल एक खर्ब ५० अर्ब रुपैयाँ लागतमा तयार भएको हो ।
चोभार सुख्खा बन्दरगाहलाई मुख्य गरी तीन भागमा बाँडिएको छ । जसमा तीन मुख्य डिपार्ट तथा भवन निर्माण गरिएको छ । यसमा डिपार्ट भन्सार, डिपार्ट क्वारेन्टिन र अर्को प्रशासनिक भवनका लागि छुट्याइएको छ । बन्दरगाह हाताभित्र छिर्न फेरि तीनवटै मुख्य गेट निर्माण गरिएको छ । समितिका अनुसार एउटा मुख्य गेटबाट मालसामान लोडेड कन्टेनर भन्सारभित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिने छन् । तर बीचमा छुट्याइएको एक गेटबाट भने आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको समितिले जनाएको छ ।
त्यस्तै तीन वटा ठूला गोदाम बनेका छन् । जुन ५४÷२४ मिटरका रहेका छन् । जसमा आयात निर्यातका मालसामान स्टोर गर्न सकिन्छ भने बन्दरगाहमा तीन वटा फरक फरक संरचना बनेका छन् । जसमा भन्सार आउने तथा बाहिरिने गाडी चेकजाँच, लोडिङ तथा अनलोडिङ हुन्छन् । त्यस्तै पार्किङ, वेटिङ लगायतका संरचना पनि बनाइएका छन् ।
यस बन्दरगाहमा एकैपटक ५ सय कन्टेनर तथा मालवाहक ट्रक अट्ने क्षमतामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या