भू–उपयोग नियमावली छिट्टै आउँछ : मन्त्री श्रेष्ठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टी च्यामबर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको विकास गर्ने गरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिएकी हुन् ।
मन्त्री श्रेष्ठले जग्गाको चक्लाबन्दी गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउँदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डीकरण रोक्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गरिन् । संविधान, ऐन नियम र नियमावलीहरू बने पनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमि सम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रूपमा गर्न खोजिरहेको पनि बताइन् ।
उनले भनिन्, “ठूलाठूला भाषण गरेर मात्रै विकास काम नहुने रैछ त्यो हामीले देखिसकेका छौँ । त्यसका लागि अहिले नागरिकले अनुभूति गर्ने गरी काम गर्न सुरु भइसकेको छ ।” मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले सुरु गरेको कामको पक्ष र विपक्षमा तर्क वितर्क सुरु भइसकेको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोही पनि विभाजित हुन नहुने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा