बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

युुद्धको भग्नावशेषमा युुक्रेनी जोडीले मनाए विवाह उत्सव

नर्स–डाक्टरको यो जोडी रुसी हमलामा ध्वस्त भएको खार्किभमा घाइतेको उपचार गर्दै
मङ्गलबार, २२ चैत २०७८, १५ : २९
मङ्गलबार, २२ चैत २०७८

युक्रेनमा रुसी हमलाका क्रममा ४१ दिनदेखि चलिरहेको विनाशका बीच एक आशाको तस्बिर देखा परेको छ । यसले तपाईको मुहारमा मुस्कान दिन्छ । साथै तपाई युक्रेनी जनताको उत्सवको प्रशंसक हुनुहुन्छ ।
नर्स नास्त्या ग्रेचेवा र डाक्टर एन्टोन सोकोलोभले आइतबार भग्नावशेषमा परिणत भइसकेको खार्किभ शहरमा विवाह गरेका छन् । रुसी हमलाबाट पूरै ध्वस्त भइसकेको यो शहरमा भग्नावशेषका बीच दुवैले विवाहको उत्सव मनाएर फोटो समेत खिचाएका छन् । युक्रेनी जोडीको यो तस्बिर सोशल मिडियामा भाइरल भइसकेको छ ।

युरोपियन एक्सपर्ट एसोसिएशनको अनुसन्धानका निर्देशकले यो जोडीको विवाहको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमा राखेका छन् । साथै उनले लेखेका छन्, ‘यो विश्वका लागि कडा सन्देश हो । खार्किभ लडिरहेको छ र बाँचिरहेको पनि छ ।’
रुसी हमलापछि स्वयंसेवी बन्ने दुवैको फैसला
रुसी हमलाभन्दा पहिले नास्त्या एक क्यान्सर क्लिनिकमा नर्सको रुपमा काम गर्थिन् । एन्टोन पनि डाक्टर हुन् । हमलापछि दुवैसँग मेडिकल आपूर्ति सकिएको छ । फेरि उनीहरुले पैसा जम्मा गर्न थाले । सोही पैसाबाट उनीहरुले औषधि किने । शहरमा उनीहरुले यस्ता मानिसलाई सहयोग गरे, जसलाई उपचारको आवश्यकता थियो ।

आक्रमणले पनि रोक्न सकेन युक्रेनी जोडीको हौसला
यी युक्रेनी जोडीको विवाह पहिलेदेखि नै तय थियो । दुवै हमालापूर्व विवाह गर्नेवाला थिए । तर रुसी आक्रमणका कारण विवाह केही दिनका लागि टरेको थियो । दुवैले आफ्नो विवाहको विषयमा कुराकानी अघि बढाए । पाँच साता अगाडि सुरु भएको रुसी हमलाले पनि उनीहरुको इच्छालाई फेर्न सकेन । संघर्षका बीच उनीहरुले आफ्नो खुसी रोजे र विवाह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप