शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थामिएन नेप्सेको पहिरो, थप ४६ अंकको गिरावट

मङ्गलबार, २२ चैत २०७८, १५ : २३
मङ्गलबार, २२ चैत २०७८

केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि घटेको छ । आज नेप्से सूचक थप ४६.४६ अंकले घट्दै २४ सय ५२.०६ अंकमा झरेको हो । 
यस दिन होटल तथा पर्यटन समूहको उपसूचक बाहेक अन्य सबै सूचकहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज यस समूहको उपसूचक ०.५ प्रतिशतले मात्र बढेको छ । 

अन्यमा सबैभन्दा बढी आदर्श समूहको सूचक आज अधिकतम ३.६६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको २.९१ प्रतिशतले र फाइनान्स समूहको २.७२ अंकले घटेको छ । 
यस्तै हाइड्रोपावर समूहको सूचक २.१ प्रतिशतले घटेको आज ट्रेड र बैंकिङ समूहको क्रमशः १.८६ प्रतिशत र १.१५ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

यस दिन दुई वटा लघुवित्त कम्पनी नेष्ठो र राष्ट्रिय उत्थानको सेयर मूल्यमा सर्किट लागेको छ भने यता इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले नै गुमेको छ । ४६ अंकमाथिले घटेको बजारमा आज २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप