शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘राम्रो र नराम्रो छुवाइ’ चित्रकथा प्रकाशित

मङ्गलबार, २२ चैत २०७८, १५ : २१
मङ्गलबार, २२ चैत २०७८

बालबालिकामाथि भइरहेको शोषण र दुव्र्यवहारका समाचारहरू धेरै आउने गरेका छन् । त्यस्ता दुव्र्यवहार न्यूनीकरण गर्न बालबालिकालाई शिक्षा दिने उद्देश्यले ‘राम्रो र नराम्रो छुवाइ’ प्रकाशित भएको छ । बालबालिकाका लागि मात्र नभई आम अभिभाकको जनचेतनाको स्तर बढाउने उद्देश्य यस पुस्तकले लिएको छ । राम्रा र नराम्रा छुवाइलाई चित्रात्मक रूपमा कथामा देखाएर प्रकाशन गरिएको यस पुस्तकका लेखक प्रोफामिलिया हुन् भने चित्रकार डाग्मा ग्याइस्लर हुन् । यसको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन् ।

मानिसका सबै छुवाइ एकनास हुँदैन । कतिपय अवस्थामा हामीले सामान्य ठाने पनि अरूले हामीलाई गलत नियत राखेर छोइरहेको हुन सक्छन् । गोप्य अङ्ग वा अप्ठ्यारो लाग्ने ठाउँमा हात हाल्नु र छुनु नराम्रो छुवाइ हो भने कसैले असल नियतले छोइरहेको छ भने त्यो राम्रो छुवाइ हो । केटा होस् वा केटी, शरीरका संवेदनशील अंगमा कसैले गलत नियतले छुन्छ भने त्यो नराम्रो छुवाइ हो । चित्रकथामा यस्तै राम्रो र नराम्रो छुवाइको चेतनासँगसँगै आफ्नो शरीरसम्बन्धी सीमाहरू कसैले उल्लङ्घन गरेको छ भने त्यसलाई गोप्य राख्नुहुँदैन भन्ने जानकारी दिएको छ । 

यस पुस्तकले बालबालिकालाई आफ्नो व्यक्तिगत शरीरका सीमाहरू छन् भन्ने कुरा बुझाएको छ । साथै कसरी हामी आफैँ सुरक्षित ढङ्गले बस्न सक्छौँ भन्ने अधिकारको कुरा पनि सिकाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप