शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको घोषणापत्र तयार हुँदै, के–के छन् प्राथमिकतामा ?

मङ्गलबार, २२ चैत २०७८, २१ : ००
मङ्गलबार, २२ चैत २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) स्थानीय तहको चुनावी घोषणापत्र तयारीमा जुटेको छ । जसपा कार्यकारिणी सदस्य नवराज सुवेदीको नेतृत्वमा घोषणापत्र तयारीमा जुटेको हो  । सुवेदीले पार्टीका अन्य नेताहरुसँग सहयोग लिएर घोषणापत्र लेख्न तयारी थालेको जानकारी दिए ।  उनले भने, ‘पार्टीको चुनावी घोषणापत्र तयारीमा जुटेका छौं, एक हप्ताभित्र हामीले त्यो सार्वजनिक गर्नेछौं ।’ यस पटकको चुनावी घोषणापत्रमा रोजगारलाई प्राथमिकतामा राखेको बताउँदै नेता सुवेदीले स्थानीय तहमा रोजगार कसरी सृजना गर्ने त्यसमा जोड दिएको बताए ।

स्थानीय सरकार कसरी सञ्चालन गर्ने, विगतका अनुभवले के भन्छ त्यसलाई विश्लेषण गर्दै सरकार सञ्चालन विधिको बारेमा पनि घोषणापत्रमा चर्चा गर्ने उनले बताए । यसअघि स्थानीय सरकार र प्रदेश सरकारको बीचमा समन्वयको अभाव देखिएको थियो । यी दुई सरकारको बीचमा कसरी समन्वय गराउने भन्ने कुरालाई पनि विशेष जोड दिने उनले बताए । 

त्यसका साथै भौतिक पूर्वाधार विकास कसरी गर्ने, पार्टीको के योजना छ लगायतका विषय पनि घोषणापत्रमा समेटिने बताउँदै उनले शिक्षा, स्वास्थ्य र कृषिका विषयवस्तुलाई पनि प्राथमिकतामा नै राख्ने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप