उदयपुरमा १० कक्षामा अध्ययनरत छात्राको हत्या
![उदयपुरमा १० कक्षामा अध्ययनरत छात्राको हत्या](https://rpcdn.ratopati.com/media/albums/murder_WsKPoZdE2t_xBLLFraUn4.jpeg)
उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या भएको छ । ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
घरबाट स्कुल आउँदै गर्दा उनको क्रुर हत्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य नारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् ।
बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका बिनोद ढकाल छन् । सरिता र कविता कोशी जनतामासँगै अध्ययनरत थिए ।
सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुईजना मिलेर बियरको बोत्तलले हिर्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जदौ दाहाल यज्ञनिधि र अभिजात वर्ग
-
केजरीवालले बनाए अग्रता, सिसोदिया पनि अगाडि
-
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु
-
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ : जनार्दन शर्मा (अन्तरवार्ता)
-
परिवार नियोजनको अस्थायी साधन : यसका फाइदा र असर (भिडियो)
-
उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव