बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

शेर बहादुर देउवाको भारत भ्रमणपछि उठिरहेका प्रश्न

मङ्गलबार, २२ चैत २०७८, १३ : ३५
मङ्गलबार, २२ चैत २०७८

नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा​ले हालै भारतको तीन दिने भ्रमण गरेका थिए । यतिबेला उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरे र थुप्रै सम्झौतामा हस्ताक्षर गरे ।

यद्यपि, भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाको बिजेपी प्रमुखसँग शिष्टाचार भेट र सीमा विवादमाथि संयुक्त बयान जारी नगरेकोमा प्रश्न उठिरहेको छ । यस्तै, देउवाले थुप्रै प्रोटोकल तोडेको पनि बताइँदैछ ।

यी मुद्दालाई निकै नजिकबाट नियाल्ने केही पूर्व कुटनीतित्रका अनुसार यसको अर्थ सामान्य होइन ।

यद्यपि, केहीले भने कुटनीतिमा विशेष परिस्थितिमा शिष्टाचारको नियम तोड्नु स्वाभाविक भएको र नेतालाई शंका गर्न कुनै मौका दिन नहुने बताएका छन् ।

बिजेपी मुख्यालय जाँदा उठिरहेको प्रश्नः

नेपाल सरकारको प्रमुखको रुपमा दिल्लीमा आफ्नो आधिकारिक यात्राको पहिलो दिन नै देउवा भारतको केन्द्र सरकारमा सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय पुगे । यतिबेला देउवाले बिनेपी अध्यक्ष जेपी नड्डासँग भेटघाट गरे ।

उक्त भेटपछि देउवाले कूटनीतिक मर्यादामा आँच पु¥याएको आरोप लागेपछि नेपालका परराष्ट्रमन्त्री उनको उद्धारमा आएका थिए ।

देउवाको भाजपा कार्यालय भ्रमणबारे स्पष्टिकरण दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले देउवा प्रधानमन्त्री नभई नेपाली कांग्रेसको सभापतिको हैसियतमा भाजपाको कार्यालयमा गएको बताए ।

नेपालका पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ भन्छन्, ‘देउवाको भाजपा कार्यालयको यात्रा, पार्टीको अध्यक्षको रुपमा मात्रै हुनसछ किनभने उनी देशका प्रधानमन्त्री पनि हुन् ।’

श्रेष्ठले भारतको मुख्य विपक्षी दल कांग्रेसका नेतासँग देउवाले भेटघाट नगरेको कुरामा ध्यान दिलाए । उनी भन्छन्, ‘कुनै देशको भ्रमणमा हुँदा विपक्षी नेतालाई भेट्नु एक नियमित प्रक्रिया हो । यदि उनले विपक्षी नेतालाई भेटेको भए यो धेरै संयमित हुन्थ्यो । ’

‘तर मलाई थाहा छैन कि प्रधानमन्त्री आधिकारिक भ्रमणको रूपमा भाजपाको कार्यालयमा गएका थिए कि थिएनन् । सरकार प्रमुखको प्रोटोकल धेरै उच्च हुन्छ ।’

नेपाली कांग्रेसका नेता तथा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले यो भ्रमण प्रोटोकलभन्दा फरक केही फरक भएता पनि नेपाल–भारत सम्बन्धमा यो भेटबाट जनतालाई केही राहत मिलेको छ भने त्यसको नतिजा पनि सोच्नुपर्ने बताए ।

कुराकानीमा नोट लिने बेला कोही थिएनन्ः

देउवा र मोदीबीचको द्विपक्षीय वार्ताका क्रममा एक महिला अफिसर प्रधानमन्त्री मोदीको पछाडि नोट बनाउँदै गरेको देखिएकी थिइन् भने देउवासँग कोही थिएनन् । उनी एक्लै बसेका थिए ।

यो तस्बिर बाहिरिएपछि यसमा पनि धेरै प्रश्न उठिरहेका छन् । यसले द्विपक्षीय वार्तामा नेपाल गम्भीर नभएको देखाएको धेरैले बताएका छन् ।

भारतका लागि नेपाली राजदूत भइसकेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले यही समयमा ‘देशको कमजोरी’ देखिएको बताएका छन् । पछिल्लो समय यो बारम्बार देखिएको उनले बताए ।

भारतको तुलनामा नेपाल द्विपक्षीय मुद्दामा बढी केन्द्रित भएको हुनसक्ने उनको विश्वास छ । उनका अनुसार हरेक नयाँ वार्तालापका क्रममा र सरकारको ‘संस्थागत ज्ञान’ का लागि वार्तालापको नोट निकै महत्वपूर्ण हुन्छ ।

उनले भने, ‘परराष्ट्र नीति, सुरक्षा नीति परिभाषित गर्ने र नियमको पालना गर्ने, परराष्ट्र मन्त्रालयलाई महत्व दिने नेपालमा खासै देखिँदैन ।

उपाध्यायका अनुसार यस्ता अवस्थाले द्विपक्षीय वार्तामा अर्को पक्षलाई गम्भीरतापूर्वक नलिएको समस्यालाई देखाउँछ ।

संयुक्त बयान किन आएन ?

देउवाको भारत भ्रमणका क्रममा दुवै देशले सीमा विवादबारे संयुक्त वक्तव्य जारी गरेनन् ।

देउवाले सीमा विवादको मुद्दा उठाएको र यसमा नेपालका धेरैले चासो देखाएको विश्वास गरिए पनि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे केही भनेनन् ।

परराष्ट्रमन्त्री खड्काले सीमाका विषयमा आफ्नो सम्बोधन एक ‘स्थापित संयन्त्र’ मार्फत् हुने जानकारी दिएका थिए ।

कतिपय कुटनीतिज्ञले सीमा विवादको संयुक्त वक्तव्यले आपसी विश्वास झल्काउने गरेको बताउँछन् ।

पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाले संयुक्त विज्ञप्ति नआउनुको अर्थ ‘केही भएको थिएन वा केही पनि लुकेको थिएन’ भन्ने नभएको बताए ।

उनले भने, ‘के चर्चा भयो, के सहमति भयो, के विवाद भयो वा केमाथि रोक लगाइयो, यी सबै मुद्दा विदेशमन्त्रीको बयानसम्म मात्रै सिमित छ ।’

यद्यपि, उनले सार्वजनिक रुपमा यस्तो सूचना जारी गर्न कुनै पनि आवश्यकता नभएको बताउँदै कुराकानी सद्भावको स्तरमा मात्रै भएको पनि स्पष्ट पारे ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप