विप्लव नेतृत्वका नेता भन्छन्, ‘सुदूरपश्चिममा एमालेसँग तालमेल गर्न सकारात्मक छौँ’
नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँग चुनावी तालमेल गर्न सकारात्मक भएको बताएका छन्। नेकपा केन्द्रीय समितिले स्थानीय तह निर्वाचन उपयोग गर्ने निर्णय गरेपछि सोमबार बेलुका सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल गर्न छलफल अघि बढाएका हुन्।
स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय भएपछि सुदूरपश्चिममा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा उनीहरुले छलफल अघि बढाएका हुन्। एमाले जस्तो राष्ट्रवादी शक्तिसँग चुनावी तालमेल कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए।
‘एमालेका साथीहरुले छलफल गर्न प्रस्ताव गरेपछि दुई पक्षका वीच चुनावी तालमेलका विषयमा सामान्य छलफल भयो। तीन बुँदे सहमति हुँदै आएको राजनीतिक घटनाक्रमका विषयमा छलफल भयो। एमाले जस्तो राष्ट्रवादीसँग कसरी चुनावी तालमेल गर्ने भन्ने विषयमा छलफल भयो’ पुनले भने, ‘स्थानीयतहमा कसरी तालमेल गर्ने भन्ने विषयमा छलफल भयो। तर तालमेल गर्ने विषयमा फाईलन भईसकेको छैन।’
पुनः एमालेका नेताहरुसँग छलफल गर्ने भन्दै छुटिएको पुनले बताए। बैठकमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी,प्रदेश सचिव धर्मराज पाठक,कैलाली जिल्ला सचिव रणबहादुर कुँवर थिए। यस्तै नेकपाबाट ओमप्रकाश पुन, दलबहादुर धामी बझाङका सचिव डिपी उपाध्याय थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण