सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा “नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली” योजना संचालन गरेको छ । चैत ११ देखि जेठ १ गतेसम्म लागू हुने यो योजना अन्तरगत ग्राहकहरुले सामसङका टिभि तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो योजना सामसङ्गको टिभी, रेफ्रिजेरेटर, र वासिङ्ग मेसिन खरीदमा लागू गरिएको जनाइएको छ । जस अनुसार सामसङ्गको लाइफस्टाइल टिभि द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिन्छ । १०० प्रतिशत कलर भोल्युम क्वान्टम डट प्रविधिको क्यु एल इ डि टिभि २० प्रतिशतसम्म र क्रिस्टल ४के युएचडि टिभि २० प्रतिशत भन्दा बढी छुटमा उपलब्ध रहेको छ ।
यस्तै स्मार्ट टिभिमा अधिकतम २५ प्रतिशतसम्म छुट पाइने बताइएको छ भने ५७९ लिटर क्यापासिटिको कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर, ३१४ लिटर क्षमताको कर्ड माइस्त्रोे, र डिजिटल इन्भर्टर डबल डोर रेफ्रिजेरेटरहरु र सिंगल डोर रेफ्रिजेरेटरहरु २२ प्रतिशतसम्मको क्यासब्याक अफरका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यसैगरी विभिन्न क्षमताका वासिङ्ग मेसिनहरुमा पनि योजना अवधिभर १७ प्रतिशतसम्म क्यास ब्याक प्रदान गरिएको छ । टिभिमा १ वर्ष वारेन्टी र थप १ वर्ष वारेन्टी प्यानलहरुमा दिइएको पनि जनाइएको छ । डिआइटि कम्प्रेसर (रेफ्रिजेरेटर) र एसिमा १० वर्ष, डिआइटि मोटर (वासिङ्ग मेसिन) मा १० वर्षको वारेन्टी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध