आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीका सबै पालिकामा गठबन्धनले संयन्त्र  विस्तार गर्ने

मङ्गलबार, २२ चैत २०७८, १३ : १९
मङ्गलबार, २२ चैत २०७८

रुपन्देहीमा सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् । आज बसेको जिल्लास्तरको संयन्त्रको  बैठकले संयन्त्रलाई सबै पालिकासम्म विस्तार गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको छ । 

नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा बसेको बैठकमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । 

सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एकढिक्का भएर स्थानीय तहको निर्वाचन जाने निर्णय भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । गठबन्धनले विस्तृत अध्ययन र अनुसन्धान गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप