बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

हराएको बिरालो पाँच वर्षपछि भेटिएपछि....

मङ्गलबार, २२ चैत २०७८, १३ : १६
मङ्गलबार, २२ चैत २०७८

एक क्यानेडियन महिलाको आफ्नो हराएको बिरालो पाँच वर्षपछि फेला परेकी छन् । आफू र आफ्नो परिवार अलबर्टाको एममोन्टोनमा बसिरहको र पाँच वर्ष अगाडि किकि नामको बिरालो घर फर्कन असफल भएको एलिजावेथ एन्टेभले बताएकी छिन् । ‘यो साच्चैको राम्रो बिरालो थियो । उनी बिरालोलाई पाल्न चाहन्थिन् । उसलाई चिन्ने जो कोहीले पनि त्यो बिरालो गुमाउन चाहँदैन,’एन्टेभले बताएकी छिन् ।

आफ्नो परिवारले किकीलाई महिनौँसम्म विभिन्न माध्यमबाट  खोजी गरेको एन्टेभले बताइन् । ‘हामीले बाहिर उसका लागि खाना राख्यौँ, तर हामीले त्यतिबेला सफलता हासिल गरेनौँ’, उनले भनिन् । एन्टेभ र उनको परिवार किकी हराएको एक वर्षपछि ओन्टारियो बसाइ सराइ गरेका थिए । तर एन्टेभले आफ्नो फोन नम्बर परिवर्तन गर्न चाहिनन् । किनकी उनी किकी फर्केको भए उसमा जडान गरिएको माइक्रोचिपले जानकारी दिन्थ्यो ।

एडमन्टनको छिमेकमा रहेको ¥यापरस्वी जुुन एन्टेभको पूर्व घरबाट सवारी साधनका लागि १० मिनेटको दुरीमा छ, त्यहाँ बस्ने हाना काडरीले आफ्नो पछाडिपट्टिको क्यामेरामा सानो बिरालो देखिएपछि खानेकुरा राख्ने गरको बताएकी छिन् । त्यसपछि बिरालो समात्न सकियो । छिमेकीले बिरालोलाई समान्तका लागि सहयोग गरेको काडरीले बताइन् । हालै उनीहरुले बिरालोलाई भेटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप