बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा स्थानीय तह निर्वाचनमा चार दलीय गठबन्धन  हुने

मङ्गलबार, २२ चैत २०७८, १३ : १०
मङ्गलबार, २२ चैत २०७८

लमजुङमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेससहित चार दलको गठबन्धन हुने भएको छ । मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी  जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् । काँग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको हो । 

बैठकले गठबन्धनमा भएका राजनीतिक दलका केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशनबमोजिनम नै वडा तहदेखि नै प्रतिवेदन तयार पार्नका लागि सबै दलका एक–एकजना प्रतिनिधि रहने गरी चार सदस्यीय कार्यदल गठन गरेको काँग्रेस लमजुङका सभापति गुरुङले जानकारी दिए ।

कार्यदलमा काँग्रेसको तर्फबाट जिल्ला सभापति डा टकराज गुरुङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष रामबाबु अधिकारी र  जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ रहेका छन् ।  जिल्ला तहमा कुन ठाउँमा कसले नेतृत्व गर्ने भन्ने विषयमा भने निर्णय भइसकेको छैन ।

माओवादी लमजुङका संयोजक मधु अधिकारी गुरुङले केन्द्रीयस्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताइन् । स्थानीय तह निर्वाचनमा तल्ला तहसम्म नै अध्ययन गरेर जनताको भावनाअनुसार उम्मेदवार छनोट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा सोहीअनुसार उम्मेदवारको टुंगो लाग्ने  एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारीले बताए । 

बैठकमा काँग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ , माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ , एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र  जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप