मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

मङ्गलबार, २२ चैत २०७८, १३ : ०२
मङ्गलबार, २२ चैत २०७८

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको केराबारी नगरपालिका–८ मा मंगलबार बिहान ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक केराबारी नगरपालिका–१० का १९ वर्षीय पिलिज बिक रहेका छन् । 

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान  मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४ बजे उनको  मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जानकारी दिएको छ ।  

सल्यानको शारदा नगरपालिका–१ दारिमचौरमा मंगलबार बिहान बोलेरो जिप दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १८ वर्षीय नारायण ओलि रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ओलिको उपचारको क्रममा सल्यान स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप आज बिहान ६ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो । 

धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् ।  ​काठमाण्डौबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाईकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप