आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एक युवक प्रहरी हिरासतमै घाँटी रेटेको अवस्थामा भेटिए

मङ्गलबार, २२ चैत २०७८, १२ : ५९
मङ्गलबार, २२ चैत २०७८

बुटवलमा प्रहरी हिरासतमा रहेका एक जना युवक घाँटी रेटेको अवस्थामा भेटिएका छन् ।  तामाको तार चोरी गरेको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुपन्देहीका देवदह खैरनीका २८ वर्षीय रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आफन्तले घटना शंकास्पद भएको बताएका छन्।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाका तारहरू चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिबार नेपालीलाई कवाडखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएपछि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी ठगबहादुर केसीले बताए । उनले हिरासतमै आत्महत्याको प्रयास गरेर घाँटीमा चोट लागेको बताए । उनको अवस्था गम्भीर रहेको छ ।

नेपालीकी दिदी मनकुमारीले घटना शंकास्पद भएको रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘यसबारे छानबिन गर्नुपर्छ ।’ उनले आफूलाई अस्पतालमा झुक्याएर हस्ताक्षर गर्न लगाएको बताइन् । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । नेपाली बुटवलको देविनगरमा  भाडामा बस्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप