निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की
मङ्गलबार, २२ चैत २०७८, १२ : ४३
निर्वाचन आयोगले दलहरूलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलवारको छलफलमा चर्काचर्की भएको हो ।
आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् । दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो ।
आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरूलाई छलफलमा बोलाएको भएपनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको प्रष्टीकरण– सरकारले डेटामा खेल्दैन
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जना पक्राउ
-
दुर्गममा महिला पत्रकारका पीडा
-
सार्वजनिक संस्थानको कोषमा सरकारको आँखा, दुरुपयोगको आशंकामा अर्थ मन्त्रालयको ‘डिफेन्सिभ’
-
सरकारले मुलुकको अर्थतन्त्र र बैंक डुब्न दिँदैन : अर्थमन्त्री पौडेल
-
नेपाल निर्माण व्यवसायी महासंघले मोरङद्वारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र