सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

पोखरा र बर्दियामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

मङ्गलबार, २२ चैत २०७८, १२ : २८
मङ्गलबार, २२ चैत २०७८

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । 

उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।

बर्दियामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु 
 
बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५ का १९ वर्षीय संतोष चौधरी रहेका छन् । गम्भीर घाइते उनको उपचारको क्रममा बाँके स्थित नेपालगंज मेडिकल कलेजमा गएराती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाईकलमा सवार सोही स्थानका २२ वर्षीय कबिराम चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ । सोमबार बेलुकी पौने ८ बजे चौधरीद्धय सवार भे ३ प ७७५९ नम्बरको मोटरसाईकल सडक छेउमा रोकिराखेको भे १ त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएर पल्टिएको थियो । ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप