रुसले युद्ध अपराधको निशाना मेट्न खोज्दैछ : जेलेन्स्की
मङ्गलबार, २२ चैत २०७८, १२ : १६

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् । बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।
राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन् । रुसले सबै आरोपहरू अस्वीकार गरेको छ । सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने