शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निफमा दिव्य देव र मेनुका उत्कृष्ट

मङ्गलबार, २२ चैत २०७८, ११ : ५०
मङ्गलबार, २२ चैत २०७८

अभिनेता दिव्य देव र अभिनेत्री मेनुका प्रधान उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा मेनुकाले ‘महानगर’बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गर्दा दिव्य देव ‘चिसो एस्ट्रे’बा उत्कृष्ट अभिनेता भएका हुन् ।

कार्यक्रमा मोहन राई निर्देशित फिल्म ‘महानगर’ले ह्याट्रिक गरेको थियो । फिल्मले अभिनेत्री सहित लेखन र निर्देशन विधाका समेत अवार्ड पाएको थियो । संयोगले भेटिएका दुई युवाको एक रातको कथा प्रस्तुत गर्ने महानगरमा मोहन राइले लेखन निर्देशक गरेका हुन् ।

फिचर फिल्मतर्फकै विधामा ‘चिसो एस्ट्रे’ले दुई विधामा पुरस्कार जित्यो । दिन्स पाल्पालीले निर्देशन गरेको ‘चिसो एस्ट्रे’बाट उज्जवल बस्ताकोटीले छायांकनमा पुरस्कार थापे । देशी विदेशी गरी विभिन्न १४ विधामा बाँडिएको महोत्सवमा डन किहोटे अवार्ड ‘साइलेन्स ट्री’ले पायो । ‘साइलेन्स ट्री’ फैजल सयसलको निर्देशनमा बनेको फिल्म हो ।

नेसनल पानोरमअन्तर्गत सर्ट फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड बच्चन व्यञ्जनकारले जिते, भने फिल्मतर्फको अवार्ड ‘आइसक्रिम’ले जित्यो । संगीता श्रेष्ठ निर्देशित ‘आइसक्रिम’ यौन हिंसाको विषय उठाएको छ ।
कार्यक्रममाउत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्म बागमती अवार्ड ‘अल सिट’, मन्जुश्री अवार्डअन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड ‘गोर्खा गल्र्स’का विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड ‘आउट अफ थिन एयर’ले पाएका थिए । सोही अवसरमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मलाई दिइने गौतमबुद्ध अवार्ड ‘नो ग्राउन्ड बिनिथ द फिट’ले पाएको थियो ।

कार्यक्रममा आयोजक केपी पाठकले एकै थलोमा बसेर संसारका फिल्म हेर्दै विश्वको बारेमा जानकारी लिने अवसर प्रदान गरुन् भनेर निफ आयोजना हुँदै आएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप