शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारका घटनामा वृद्धि, एक महिनामै २७ जना बलात्कृत

मङ्गलबार, २२ चैत २०७८, ११ : २६
मङ्गलबार, २२ चैत २०७८

 महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बलात्कारका घटना बढेको जनाएको छ । एक महिनामा १२७ वटा महिला हिंसाका घटनामधये २१ प्रतिशत बलात्कारका घटना रहेको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।​ ओरेकका अनुसार फागुन महिलामा २७ वटा बलात्कारका घटना भएका हुन् । त्यस्तै, तीन बलात्कार प्रयास भएको र तीन जनताको बलात्कारपछि हत्या भएको ओरेकले जनाएको छ ।

बलात्कारका घटनामा प्रमुख जिम्मेवार रहनेमा पीडितका छिमेकी ४८ प्रतिशत छन् भने आत्मीय मानेका साथी १५ प्रतिशत पाइएको छ । बलात्कार भएकामध्ये सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी छन् भने १७ देखि २५ वर्ष उमेर समूहका महिला २६ प्रतिशत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप