बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इन्डोनेशिया विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय

मङ्गलबार, २२ चैत २०७८, १० : ५९
मङ्गलबार, २२ चैत २०७८

इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ ।

सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । देशको धार्मिक बोर्डिङ स्कूलमा बालिकालाई यौन हिंसाबाट जोगाउनका लागि बलियो कानुन आवश्यक भएको कुरामा धेरैले जोड दिएका थिए ।

फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएपछि मृत्युदण्डको माग गरेर अभियोजकहरुले पुनरावेदन दायर गरेका थिए ।

‘हामीले प्रतिवादीलाई मत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङको उच्च न्यायालयको वेबसाइटमा सोमबार प्रकाशित एक वक्तव्यमा न्यायाधिसले बताएका छन् ।

हेरीका वकिल इरा माम्बोले अदालतको पूर्ण फैसला हेर्नुपर्ने बताउँदै अपिल हुने, नहुनेबारे कुनै टिप्पणी गर्न अस्विकार गरिन् ।

 स्थानीय अभियोजकको कार्यालयका प्रवक्ताले पनि टिप्पणी गर्नु अघि अन्तिम निर्णय पर्खने बताए ।

‘सन् २०१६ र २०२१ को बीचमा हेरीले १२ र १६ वर्षका १३ जना बालिकाले बलात्कार गरे जसमध्ये ८ जना गर्भवती भए,’ फेब्रुअरीमा एक न्यायाधिशले भने । बलात्कारका बेला कतिजनामाथि चोट समेत लागेको उनले जानकारी दिए ।

देशको बाल संरक्षण मन्त्री लगायत इन्डोनेसियाका अधिकारीहरूले पनि मृत्युदण्डको मागलाई समर्थन गरेका थिए, यद्यपि मृत्युदण्डको विरोध गर्ने राष्ट्रका मानव अधिकार आयोगले यो उपयुक्त नभएको बताएका थिए ।

इन्डोनेसिया, विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देश हो जहाँ हजारौं इस्लामिक बोर्डिङ स्कूलहरू र अन्य धार्मिक विद्यालयहरू छन् । यस्ता विद्यालयले  प्रायः गरिब परिवारका बच्चाहरूलाई शिक्षा प्राप्त गर्ने एकमात्र माध्यम प्रदान गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप