आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा अदालतले नै सरकारको निर्णय गर्ने

मङ्गलबार, २२ चैत २०७८, १० : ४०
मङ्गलबार, २२ चैत २०७८

पाकिस्तानको राजनीतिक संकटको हालसम्म पनि समाधान हुन सकेको छैन । सर्वोच्च अदालतले संसदमा अविश्वासको प्रस्ताव खारेज गर्ने र प्रधानमन्त्री इमरान खानको सिफारिसमा सदन भंग गर्ने राष्ट्रपतिको फैसलामा विपक्षीको याचिकामा सुनुवाई गरिरहेको छ । मुख्य न्यायाधीश उमर अता बन्दियालको अध्यक्षता भएको इजलासले सोमबार संसद भंग गर्ने निर्णय निलम्बन गर्न अस्वीकार गरेको छ ।

यसैबीच इमरानले पूर्व मुख्यन्यायधीश गुलजार अहमदलाई कार्यवाहक प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । यसैगरी देशका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले पनि सोमबार राजीनामा दिएका छन् । यो भन्दा पहिले इमरानका मुख्य सचिव आजम खान र सल्लाहकार शहजाद अकबरले पद छोडिसकेका छन् ।

यी तीनसँग दोहोरो नागरिकता छ । आजम र मोइज यूसुफसँग अमेरिका र शहजादसँग बेलायतको नागरिकता छ । मोइदजले जनवरीमा पाकिस्तानको पहिलो राष्ट्रिय सुरक्षा नीति पेश गरेका थिए ।

फेब्रुअरी २०२२ मा अवकास भएका गुलजार अहमद पनामा पेपरको मामिलामा पूर्व प्रधानमन्त्री नवाज शरिफलाई आयोग्य घोषित गर्ने पाँच न्यायधीशमा समावेश थिए । गत वर्ष उनले सरकारलाई भीडद्वारा फोडिएको मन्दिरको पुनर्निर्माणको आदेश दिएका थिए । यसका साथै मन्दिर तोडफोड गर्ने उग्रवादीहरुबाट निर्माणको राशि असुल गर्नका लागि भनेका थिए । उनी मन्दिरमा दिवाली समारोहमा समावेश भएका थिए ।

संविधानका अनुसार राष्ट्रपति आरफ अल्वीले सोमबार इमरान र विपक्षका नेता शहबाज शरिफसँग कार्यवाहक प्रधानमन्त्रीको नाम मागेका थिए । कार्यवाहक प्रधानमन्त्रीको रेखदेखमा नै चुनाव हुनेछ । यद्यपि शहबाजले संसद भंगलाई असंवैधानिक बताउदै कार्यवाहक प्रधानमन्त्रीको प्रक्रियामा समावेश हुनबाट अस्वीकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप