आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको सहयोग

मङ्गलबार, २२ चैत २०७८, ०९ : ५१
मङ्गलबार, २२ चैत २०७८

चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमबीच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अस्पताललाई सो सहयोग उपलब्ध गराएका हुन् ।

अधिकारीले उक्त सहयोगबाट अस्पतालले सर्वसाधारण नागरिकमा सहज ढंगबाट स्वास्थ्य सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरू विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, वरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप