बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मङ्गलबार, २२ चैत २०७८, ०९ : ४७
मङ्गलबार, २२ चैत २०७८

बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरूसँगको समन्वयनमा गुल्मी जिल्लाको विभिन्न ग्रामीण स्थानहरू इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरेको छ । 

उक्त कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेसा तथा स्थानीय स्तरका सहकारीहरूमा आबद्ध महिलाहरूको उपस्थिति रहेको थियो । ग्रामीण भूभागमा बसोबास गर्नेहरूलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने हेतुले सञ्चालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा दिलीप पोखरेलले सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ्ग कारोबारको महत्त्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप