स्थानीय सरकारको स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने भएको छ । जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, कर नबढाइ दायरा बढाउने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरकार बनाउनेगरीको मार्गचित्रलाई घोषणापत्रमा उल्लेख गरिने समिति सदस्य गुरुराज घिमिरेले बताए ।
उनले एकाधबाहेक वर्तमान स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी पनि गरे । ‘स्थानीयको परिकल्पना हामीले जनताको नजिकको सरकारको रूपमा गरेका हौँ । तर, काम प्रभावकारी भएन एकाधबाहेक । अब जनताले अनुभूति गर्नेगरीको कार्यक्रम समावेश गरेर स्थायी सरकारको स्पष्ट मार्गचित्र घोषणापत्रमा समावेश गर्छौं,’ घिमिरेले भने ।
सोमबार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा २८ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्ज सम्बन्धी नीति प्रमाणमा आधारित रहेर बनाउन प्रतिष्ठानको सुझाव
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ