खाली खुट्टा फिल्म हल पुगे रामचरण

साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै हलमा पुगेका छन् । उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा आफ्नो फिल्मको लागि दर्शकको माया कस्तो रहेछ भनेर हेर्न गएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रामचरणलाई फिल्म हलमा देखेका दर्शक निकै उत्साहित देखिन्थे । उनलाई छुन खोजेका दर्शकको भिड थियो । रामचरण फिल्म हलमा कालो कुर्ता र पायजामा लगाएर हातमा सुन्तला रङको कपाड र घाँटीमा रुद्राक्षको माला लगाएर पुगेरका थिए । भने, उनले खुट्टामा जुत्ता–चप्पल केही लगाएका थिएनन् ।
रामचरण अय्यप्पा स्वामीका भक्त हुन् । उनी यसरी नै माला लगाएर धेरै पटक मन्दिर जाने गरेका छन् । उनी ४१ दिनसम्म शाकाहारी खाना नै खानेछन् । उनले केरलामा भएको सबरीमालामा अय्यप्पा स्वामी मन्दिरमा गएर अनुष्ठान समापन गर्नेछन् । उनी २० वर्षदेखी स्वामीका भक्त हुन् । उनी सधैं चन्दनको टीका लगाएर हिँड्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड