माओवादी केन्द्र सिद्धार्थ नगर कमिटीले छान्यो वडाध्यक्षका उम्मेदवार
मङ्गलबार, २२ चैत २०७८, ०८ : ४१
नेकपा माओवादी केन्द्र रुपन्देहीको सिद्धार्थ नगर कमिटीले १३ वटा वडा मध्ये ७ वटा वडामा वडाध्यक्षका उम्मेदवार छनोट गरेको छ । त्यस नगर कमिटीका प्रवक्ता लोकेन्द्र धामीले वडा कमिटीहरूको बैठकले नगरका १३ वटा वडा मध्ये ७ वटा वडा अध्यक्षका उम्मेदवार निर्विरोध निर्णय गरेकाले वडा बाट सिफारिस नामलाई घोषणा गरेको जनाएका हुन् ।
उनका अनुसार वडा नम्बर १ मा सुनिल यादव, २ मा दीपक थापा ( सेतु ) ३ मा केशव कुँवर, ६ मा ईस्तियाक अहमद, ८ मा ध्रुव लामगादे, ९ मा पूरण प्रसाद भण्डारी र वडा नम्बर १३ मा यादव राज खरेल वडाध्यक्षको उम्मेदवार छनोट भएका छन् । प्रवक्ता धामीले अन्य वडा र नगर प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याउन छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो
-
इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै
-
लोसपामा फेरि थपिए ६ जना केन्द्रीय सदस्य
-
सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु, छोरी घाइते