निजी विमानले उडान रोक्दा यात्रुलाई सकस

जिल्लाको ताल्चामा अवस्थित रारा विमानस्थल नीजि हवाई जहाज नचल्दा केही दिन यता देखि यात्रु लाई सकस भएको छ । रारा विमानस्थलमा नियमित रुपमा उडान भर्दै आई रहेका निजी जहाजहरूले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रुलाई सकस भएको होे । मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर , र सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए ।
सो जहाज मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले यहाँका यात्रु लाई सास्ती भएको बताइएको छ । प्रत्येक दिनमा चारदेखि पाँच पटक सम्म उडान भर्दै आई रहेका थिए । जिल्लामा केही दिन यता देखि नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दै आई रहेको छ । त्यसमा पनि जटिल खालका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ ।
रारा विमानस्थलमा नेपाल वायुसेवाले हप्तामा आईतबार , मंगलबार , शुक्रबार र शनिबारमा मात्र उडान भर्दै आई रहेको रारा विमानस्थल ताल्चाका कार्यालय प्रमुख सन्तोष कुमार गौतमले बताए । रारा विमानस्थलमा उडान कम भए पछि सहजै रुपमा टिकट पाउन मुस्किल छ ।
जिल्ला प्रशासन कार्यालय मुगुले नेपाल वायुसेवामा हरेक उडानमा दुईवटा सिट अत्यावश्यक कर्मचारी र विरामीलाई सुरक्षित गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार पछिल्लो समय कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा पर्यटक बढ्न थाले पछि नेपाल वायुसेवाको चार्टर उडान भएकाले ल्याउने उता लैजाने अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना