सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे दाेस्राे हार

मङ्गलबार, २२ चैत २०७८, ०७ : ०१
मङ्गलबार, २२ चैत २०७८

सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०  क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।

हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए । लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेकाे थियाे । लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए । दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले ।

प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ । बिना कुनै अंकको हैदराबाद पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप