पत्रपत्रिका
७ अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी
मङ्गलबार, २२ चैत २०७८, ०६ : ०८
विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् । सरकारले चालू आर्थिक वर्षका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ७ अर्बमा १७ हजार १६३ परियोजना सञ्चालन गरेर ३१ लाख ६२ हजार कार्य दिनको रोजगारी सिर्जना गरिएको कार्यक्रमले जानकारी दिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले हाल देशभरका ६८३ स्थानीय तहले रोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले हालसम्म औषत १०० दिनको रोजगारी पाउने बेरोजगारको सङ्ख्या ५१ हजार रहेको जानकारी दिए । यस बाहेक हाल सञ्चालन भइरहेको रोजगारमूलक कार्यक्रममा सहभागीको सङ्ख्या भने बढी हुने मन्त्रालयले जनाएको छ। सरकारले चालू आवमा २ लाख बेरोजगारलाई औसत १०० दिने रोजगारी दिने लक्ष्य राखेको भए पनि हालसम्म औसत १२ दिन रोजगारी दिएको देखिन्छ । हाल देशभर लाख ७० हजार २०० पुरुष र ३ लाख ३५ हजार ५५२ सहित ७ लाख ८ हजार ४५ बेरोजगारले रोजगारीको माग गर्दै बेरोजगार सूचीमा नाम दर्ता गराएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त