कर्णाली प्रदेशसभामा तीन विधेयक टेबुल, एक पारित

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको १७ औँ बैठकमा तीन विधेयक टेबुल गरिएको छ । सभामुख राजबहादुर शाहीले आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले विधेयक टेबुल गर्न समय दिए ।
कानूनमन्त्री शाहीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक,’ ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरिएको छ । त्यसैगरी उनले ‘मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सभासमक्ष टेबुल गरेका थिए ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले कर्णाली ‘प्रदेश आर्थिक कार्यविधिको संशोधन विधेयक, २०७८’ सामान्य छलफलका लागि सभामा प्रस्ताव गरे । उक्त विधेयकमाथिको छलफल भएसँगै उपसभामुख पुष्पा घर्तीले विधेयकमाथि संशोधनको सूचना पेस गर्न ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी दिए ।
प्रदेशसभाको आजको बैठकमा ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ सर्वसम्मत पारित भएको छ । अर्को बैठक चैत २२ गते दिउँसो १ बजे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परिस्थिति पेचिलो र गम्भीर छ, नयाँ वर्षले केही न केही निकास ल्याउँछ : प्रचण्ड
-
उच्च पदस्थ सरकारी कर्मचारीलाई राजनीतिक नियुक्ति दिँदा कुलिङ समय राख्न डा. कोइरालाको माग
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली
-
'बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छ'
-
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु