शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए बधाई

सोमबार, २१ चैत २०७८, २१ : ५३
सोमबार, २१ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई  दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् । 

नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । 

प्रधानमन्त्री  देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’ सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप