प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवबाट पर्शुराम बस्नेत बर्खास्त
प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्य सचिव बस्नेतलाई हटाउने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा पूर्ण लोक्समलाई नियुक्त गर्ने निर्णय गरेको छ । पाँचथरका लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । त्यस्तै आयोगका अन्य सदस्यहरूमा डा.ज्ञानेन्द्रबहादुर कार्की(संखुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई(भोजपुर) र अञ्जु खड्का (मोरङ) लाई नियुक्त गर्ने निर्णय गरिएको यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले स्मृति प्रतिष्ठान, फाउण्डेसन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्ने सम्बन्धि कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’
-
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र