लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्यो ९ निर्णय
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले विभिन्न ९ निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना स्वीकृतीदेखि परिमार्जित सञ्चार विद्येयक प्रदेशसभामा प्रवेश गर्न स्वीकृती दिनेसम्मका निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशमा २०७९ सालको सार्वजनिक, पर्व विदा र कार्यालय समय पनि स्वीकृती गरेको छ । यस्तै कानुन महिला तथा बालबालिका मन्त्रालयले विज्ञ सदस्य तथा सदस्यहरु मनोनीत गर्ने भएको छ । लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यस्तै प्रदेशमा निःशुल्क रक्तसञ्चार कार्यविधि, प्रदेश अस्पताल तथा मेडिकलमा विशेषज्ञ चिकित्सक परिचालन तथा संचालन कार्यविधि स्वीकृती गरेको एक मन्त्रीले बताए । यस्तै प्रदेश स्वास्थ्य विशेष आर्थिक सुविधा संशोधन गरेको छ । प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन निर्देशिका स्वीकृती गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर